म्याग्दीको शिवाङमा सुविधायुक्त छात्रवास निर्माण

म्याग्दी | भदौ ९, २०७९

म्याग्दीको शिवाङमा सुविधायुक्त छात्रवास निर्माण तस्बिर रासस

पश्चिम म्याग्दीको दुर्गम गाउँ शिवाङमा गण्डकी प्रदेश सरकारको रु दुई करोडभन्दा बढी लगानीमा सुविधा सम्पन्न छात्रवास निर्माण गरिएको छ । छात्रवास निर्माणपछि विद्यार्थीलाई सहज भएको छ । 

 

धौलागिरि गाउँपालिका–७ शिवाङस्थित हेम माध्यमिक विद्यालयमा छात्रावास निर्माण गरिएको हो । दसैँपछि नयाँ भवनमा विद्यार्थी राख्ने तयारी रहेको प्रधानाध्यापक शेरबहादुर केसीले जानकारी दिनुभयो । चौबीस कोठे तीन तले सो भवन  ८० विद्यार्थी राख्न सकिने क्षमताको छ । “विद्यार्थीको हेरचाह र खानपानको व्यवस्था मिलाउन तीन कर्मचारीको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो । 

 

चार वर्ष अघि प्रदेश सरकारको नमूना आवासीय विद्यालय कार्यक्रमअन्तर्गत छनोट भएपछि छात्रावास निर्माण थालिएको हो । भवन निर्माणपछि विद्यालयले विद्यार्थीलाई आवासीय सुविधा दिएको छ । विद्यालयमा नै आवासीय सुविधा पाउने भएपछि भिर, पहरो, जङ्गल र खोलाको बाटो छिचोल्दै दैनिक तीन–चार घण्टा हिँडेर विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई अब सहज भएको छ । “अभिभावकसमेत खुसी भएका छन्”, प्रधानाध्यापक केसीले भन्नुभयो । 

 

छात्रवासको सुविधा भएपछि बीचमा नै पढाइ छोड्ने क्रम घट्ने केसी बताउनुहुन्छ । गरिबी र पारिवारिक वातावरण नभएर पढाइ छोड्न बाध्य विद्यार्थी लाभान्वित हुने छन् । यसअघि  जीर्ण छात्रावासमा निकै असुविधा थियो । आवासीय सुविधा प्रदान गर्न गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि विद्यालयमा नमूना आवासीय विद्यालय कार्यक्रम लागू गरेको थियो । विद्यालय नजिकको झिनडाडाँमा भवन निर्माण गरिएको हो । गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीका अनुसार छात्रवास व्यवस्थापनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु दश लाख विनियोजन गरेको छ ।  

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्